माटो आफ्नो बनाउने अभियान शुरू

CollageMaker_2023213174459330.jpg

बिजनबारी: बिजनबारी खण्ड अधिनस्त चुङथुङ चियाबारीमा आज देखी ल्याण्ड रिजम्सन कार्य शुरू गरियो। बिजनबारी खण्ड अन्तर्गत आज चुङथुङ चियाबारीको थाना लाइन देखी आज भुमी सुधार खण्ड अधिकारी सरन सुब्बाको अगुवाईमा सर्वे शुरू भयो। चियाबारीको बर्षौ पुरानो माँगलाई पर्जापट्टालाई साकार तुल्याउन जीटीए प्रमुख अनित थापाज्यूले राज्यकी मुख्यमन्त्री समक्ष भेटवार्ता गरे पछ्यात नै पहाड़ उक्त प्रक्रियाको शुरूवात भएकोमा चुङथुङ मेरीबुङ तामसाङ समष्टि सभासद सन्दीप छेत्रीले जीटीए प्रमुख अनित थापाज्यूप्रति आभार ब्यक्त गरेका छन्। आजको यस सर्वे कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष अरूण छेत्री सचिव ललित तामङ, समष्टि नेत्रित्व सबिन थापा, सुन्दर राई, बिक्की तामङ, उर्गेन राई, देवकुमार थापा, मनोज मुखिया आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement