प्रथम मदरसा स्तरीय वार्षिक खेलकुद प्रतियोगिताको उद्घाटन

IMG_20230213_211146.jpg

कुचबिहार: प्रथम मदरसा स्तरीय दिनहाटा महकमा वार्षिक क्रीड़ा प्रतियोगिता सोमवार शुरू भएको छ। जिल्ला शासक रेहाना बशीरले सोमबार दिनहाटाको संहती मैदानमा प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा दिनहटा नगरपालिकाका अध्यक्ष गौरीशंकर महेश्वरी, उपाध्यक्ष साविर साह चौधरी, नगर अधिकृत आलोककुमार सेन, विभाग व्यापारी संघका सचिव राणा गोस्वामीको उपस्थिति थियो।दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरियो! विभिन्न मदरसाका विद्यार्थीले मार्चपास्ट गरी डीएम लाई अभिवादन दिए। सो अवसरमा बोल्दै उहाँले दिनहाटामा यो पहिलो मदरसा स्तरीय महाकुमामा आधारित खेलकुद प्रतियोगिता भएको बताउनुभयो। प्रतियोगितामा २० विद्यालयका २०० भन्दा बढी विद्यार्थीले ६२ इभेन्टमा भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement