ट्रेनको चपेटमा परेर तीनधारेमा एकजनाको मृत्यु

IMG_20230213_165922.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको २० माइलमा ट्रेनले काटिएर एकजनाको निधन भएको छ। दार्जिलिङदेखि एनजेपी गईरहेको ट्रेनको चपेटमा परेर दिउँसो लगभग १:३० तिर तीनधारे आईपुग्ने बेलामा २० माइलमा एकजना वृध्दले ज्यान गुमाएको छ। तीनधारे पुलिस आउट पोष्टको ओसी एएसआई जीवन राईले जानकारी दिए अनुसार दिउँसो १:३० बजेर दार्जिलिङबाट एनजेपीतर्फ गईरहेको ट्रेनको चपेटमा परेर तीनधारे चियाबारीको कोल्टे निवासी ७० वर्षीय खड्काबहादुर तामाङको घटनास्थलमै निधन भएको छ। ओसी जीवन राईले मृत शरीरलाई उत्तर बंगाल मेडिकल कलेजमा पोष्ट मोर्टम गरेर परिवारलाई सुम्पने पनि बताएका छन्। घटना क्रम अनुसार तीनधारेको बीस माइल क्षेत्रमा ७० वर्षीय खड्काबहादुर तामाङले रेलवे लीग क्रस गर्ने क्रममा उक्त घटना घटेको स्थानीयहरूले बताएका छन्। दार्जिलिङबाट एनजेपी गाईरहेको ट्रोय ट्रेनमा जम्मा १३ जना पेसेञ्जरहरू रहेको सिनियर पेसेञ्जेर ट्रेन म्यानेजर बिजेन सुत्रधरले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement