सिलगढी: अवैध सम्बन्धको आशंकामा पतिले पत्नीको हत्या गरेको समाचार अघि आएको छ। पछि बचाउने अन्तिम प्रयासमा उनले पत्नीलाई उपचारका लागि अस्पताल लगे। तर पुलिस उनलाई समात्यो। घटना आइतबार दिउँसो नयाँ जलपाईगढी थानाको भक्तिनगर क्षेत्रमा भएको हो। मृतक पत्नीको नाम २४ वर्षीय सुप्रिया वैश्य रहेको पुलिसले जनाएको छ। हत्याको आरोपमा पति सुदीप वैश्यलाई पुलिस पक्राउ गरेको छ। कोचबिहार जिल्लाको सिट्टाईका ती दम्पती धेरै वर्षदेखि भक्तिनगर क्षेत्रमा बस्दै आएका थिए। उनलाई सोमबार जलपाईगढी अदालतमा पेश गरिनेछ।
यस सन्दर्भमा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदीले भने, ‘हत्याको घटना भएको छ। आरोपित पतिलाई हामीले पक्राउ गरेका छौं। घटनाको जाँच शुरू गरिएको छl’ प्राप्त जानकारीअनुसार करिब १० वर्ष अघि दुवैको बिहे भएको थियो। उनीहरूको दुईजना छोरा र एकजना छोरी छन्। आरोपी पति फुलेश्वरी क्षेत्रमा रहेको एउटा पसलमा भ्यान चालकको काम गर्थे। परिवारमा खुशी थियो। तर गएको केही महिनादेखि पतिलाई आफ्नो पत्नीको व्यवहारमा शंका लागेको समाचार छ।