जटेश्वरमा महाशिवरात्रिको ऐतिहासिक मेलाको तयारी

IMG_20230213_162519.png

अलिपुरद्वार: आगामी १८ फरवरीमा शिवरात्रिको उपलक्ष्यमा जटेश्वरको गरुहाटी मैदानमा मेलाको आयोजना गरिन्छ । यस वर्ष पनि ऐतिहासिक मेलाको आयोजना गरिने भएको छ। यस मेलालाई केन्द्र गरेर युद्ध स्तरमा तयारी शुरू गरिएको छ। प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा विभिन्न इलाकाबाट धेरै संख्यामा श्रद्धालुहरू जटेश्वर शिव मन्दिरमा पुजा अर्चना गर्न आउने गर्दछन्। यस वर्ष पनि धेरै संख्यामा श्रद्धालुहरू जटेश्वर मन्दिरमा पुजा अर्चना गर्न आउनेछन् भन्ने कुरामा मन्दिर कमिटी आशावादी रहेको छ। यस विषयमा जटेश्वर शिव मन्दिर कमिटीका सचिव देवजीत पालले भने, आगामी १८ फरवरीदेखि शिव चतुर्दशी शुरू हुनेछ। शोभायात्राको माध्यमद्वारा नदीबाट जल ल्याएर महादेवलाई चढाइनेछ। महाशिवरात्रि देखि शुरू गरेको ऐतिहासिक मेला १५ दिनसम्म समपन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement