ला लीगाः बार्सिलोनाको विजयाभियान जारी, एट्लेटिको पनि विजयी

photocollage_2023213113821548.jpg

१३ फरवरीः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले आफ्नो विजयाभियान जारी राख्यो। यसरी नै एट्लेटिको म्याड्रिडले पनि दशजना खेलाड़ीको साथ खेल्दै रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले भिल्लारियललाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले म्याचको एकमात्र गोल १८औं मिनटमा हासिल गऱ्यो। पेड्रीले दिलाएको त्यही गोल अन्तमा निर्णायक साबित भयो। यस जीतको साथै बार्सिलोना २१ वटा म्याचमा ५६ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। बार्सिलोनाले ला लीगाको जारी सीजनमा केवल एउटा म्याच गुमाएको छ। यसरी नै भिल्लारियल ३१ पोइण्टको साथ आठौं स्थानमा रहेको छ।
यसबीच एट्लेटिको म्याड्रिडले सेल्टा विगो विरुद्ध १-०-ले जीत हासिल गर्नको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। सेल्टा विगोको होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट एकमात्र गोल मेम्फिस डिपायले ८९औं मिनटमा छिराए। म्याचको ७०औं मिनटमा एट्लेटिकोका खेलाड़ी स्टेफान साविचलाई रातो कार्ड देखाइयो। यस जीतपछि एट्लेटिको म्याड्रिड ३८ पोइण्टको साथ चौथो स्थानमा कायम रह्यो। यसरी नै १४औं स्थानमा रहने सेल्टा विगोसँग २४ पोइण्ट रहेको छ। यसरी नै गेटाफे र रायो भालेकानोबीच खेलिएको म्याच १-१ अनि भाल्लाडोलिड र ओसासुनाबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement