भाह तकभर विण्टर कपः एम.जे.एस. फाइनलमा

IMG_20230213_103226.jpg

१३ फरवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मनोरञ्जन संघ (एम.जे.एस.)-ले फाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनलमा एम.जे.एस.-ले गाउँशाला एफसी-लाई पेनल्टी शूट आउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा एम.जे.एस.-बाट नयन प्रधान र गाउँशाला एफसी-बाट कौशल प्रधानले गोल गरे। नियमित समय र अतिरिक्त समयमा पनि स्कोर १-१-को बराबरीमा रहँदा म्याचको फसेला पेनल्टी शूटआउटमा भयो। विजेता टीमका गोलकीपर बिबेक मंगरलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब १९ फरवरीमा हुने टुर्नामेण्टको फाइनलमा एम.जे.एस. र जी.बी सेभेन एफ.सी.-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement