अमर्त्य सेन शान्तिनिकेतनबाट दिल्ली प्रस्थान

00-1-Amartya-Sen

कोलकाता: भूमि विवादबीच नोबेल पुरस्कार विजेता अमर्त्य सेन शान्तिनिकेतनबाट दिल्ली प्रस्थान भएका छन्। आइतबार उनको सुरक्षामा जेड प्लस सुरक्षा देखियो। गत महिना मुख्यमन्त्री ममता ब्यानर्जीले प्रो. सेनको घर गएर उनको सुरक्षा बढाउने घोषणा गरेकी थिइन्। त्यसपछि उनलाई आइतबार पहिलोपल्ट जेड प्लस सुरक्षाको घेरामा देखियो। अमर्त्य सेनको ‘प्रचिति’ आवासलाई आइतबार बिहान जेड प्लस सुरक्षाले घेरेको देखियो। त्यहाँ धेरै संख्यामा स्वचालित हतियारधारी सुरक्षाकर्मीहरू तैनाथ थिए। प्रो. सेन घरबाट निस्किएपछि उनलाई बुलेटप्रुट कारमा लगियो। पारिवारिक स्रोतहरू अनुसार, अमर्त्य सेन १६ फरवरीमा शान्तिनिकेतन फर्किनेछन्।

प्रशासनअनुसार, बङ्गालमा अहिलेसम्म दुईजनालाई राज्यको जेड प्लस सुरक्षा दिइएको छ। पहिलो व्यक्ति मुख्यमन्त्री स्वयं हुन् भने दोस्रो व्यक्ति अभिषेक ब्यानर्जी हुन्। अभिषेक सत्ताधारी पार्टी तृणमूलका राष्ट्रिय महासचिव हुन्। प्रो. सेनलाई लामो समयदेखि ‘वाई’ स्तरको सुरक्षा दिइएको थियो। प्रशासनिक स्रोतहरू अनुसार यस सुरक्षा व्यवस्थामा एक अधिकारीसहित चार सुरक्षाकर्मी हुन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement