गान्तोक: भरत बस्नेत र उनको टोलीद्वारा देशको सर्वोच्च न्यायालयमा दर्ता गरिएको पूनयाचिकामा उल्लेख गरिएको विषयबारे जोइन्ट एक्सन काउन्सिलका अध्यक्ष शान्त प्रधानले स्पष्ट नभएको बताए। आज प्रेस क्लब अफ् सिक्किमको प्रेक्षागृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानले बस्नेतद्वारा दायर गरिएको पुनःयाचिका जेएसीको नरहेको दाबी गरे।बस्नेतद्वारा दायर गरिएको याचिकाबारे जेएसीको भन्नु केही नरहेको बताए। उनले जानकारी गराए अनुसार हाल देशको सर्वोच्च न्यायालयमा धेरै जनाले विदेशीको कलंक मेटाउनको निम्ति पुनर्याचिका दायर गरेको बताउँदै यसमा कसैले पनि श्रेय नलिने आग्रह गरे। सर्वोच्च न्यायालयद्वारा सुनाइएको केही फसेलाबारे जाँच गर्नको निम्ति एक्सपर्ट कमिटी गठन गरिएको छ। यस कमिटीले सातदिन भित्रमा रिपोर्ट बुझाउने जानकारी गराए। एक्सपर्ट कमिटीको रिपोर्ट आएपछि यसबारेमा पहल गर्ने प्रधानले अवगत गराए। उनले थप जानकारी गराए अनुसार जेएसीलाई केही फुटाएर केही तत्वहरूले आफ्नो स्वार्थ पुरा गर्ने प्रयास गरिरहेको छ। जेएसीले यस मुद्दालाई जसरी भएपछि फत्ते गरेर मात्र विश्राम लिने उनले जनाए। यसै क्रममा पासाङ शेर्पाले घरिघरि नेपाली समुदायलाई विदेशी भनेर कलंक लगाउने प्रक्रिया चै समाप्त भएको बताउँदै ओल्ड सेटलर्सले सम्पूर्ण राज्यका नेपाली समुदायप्रति माफी माग्नु पर्ने बताएका छन्।