ड्रग्स सहित एक युवक पक्राउ

5079.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त सिक्किम बनाउने दिशामा गत केही दिन अघिदेखि नै एक अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत पुलिसले ड्रग्सको धन्दामा लिप्त धेरैलाई पक्राउ गरिसकेको छ। पुलिसको यति ठूलो प्रयास हुँदा हुँदै पनि ड्रग्सको धन्दामा कमी भने देखिएको छैन्। प्रत्येक दिन जसो नै पुलिसले ड्रग्ससहित आरोपीलाई पक्राउ गर्दै आइरहेको घटना प्रकाशमा आएको छ। यसै क्रममा हिजो मंगन पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी मंगन जिल्लास्थित अप्पर सिङगिक निवासी पाल्जर तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार राङराङ आउट पोस्टबाट आरोपी तामाङलाई पक्राउ गरिएको हो। उक्त वाहनबाट पुलिसले १५ फाइल सेम्पेक्स, ४ फाइल विन्डलास निट्राजेपम ट्याबलेट फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement