१२ फरवरीः घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा रोहिनी खरसाङ सिस्टर्स च्याम्पियन भयो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको फाइनल म्याचमा रोहिनी खरसाङ सिस्टर्सले सरोजनी संघ विधाननगरलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल कुसुम छेत्रीेले गरिन्।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा च्याम्पियन टीमकी सुश्मिता लेप्चाले बेस्ट प्लेयर अनि जेआर३२ खरसाङकी सकिनाह मुखियाले हाईएस्ट स्कोररको पुरस्कार जितिन्।