अबको आन्दोलन दिल्ली केन्द्रित हुने तयारी

Bimal-Gurung

सिलगढी: गोर्खाल्याण्डको मागलाई लिएर दार्जीलिङ पहाडको राजनीतिमा फेरि एकपटक चर्चा शुरु भएको छ। यसपटक गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष विमल गुरुङले राज्यविरुद्ध होइन दिल्लीमा आन्दोलनको आह्वान गरेका छन्। विमल गुरुङले आफ्नो पार्टीका नेताहरूसँग साङ्गठनिक बैठक गरेपछि गोर्खाल्याण्डको मागलाई लिएर दिल्लीबाट आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन्। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डसलगायत पहाडका विपक्षी दलका सदस्यहरु आफूसँगै आउने गुरुङले दाबी गरेका छन्। उनले छुट्टै राज्यको मागका लागि दिल्ली गएर धारणामा बस्ने कार्यक्रम छिट्टै घोषणा गर्ने भएका छन्।  उनले गोर्खाल्याण्डको मागसँगै जीटीए खारेज माग पनि उठाएका छन्। करिब तीन वर्ष भूमिगत रहेर बाहिर आएका गुरुङले सत्तारुढ दल तृणमूल कांग्रेसलाई सन् २०२१ को विधानसभाको चुनावमा सहयोग गरेका थिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement