१६औं सुकना गोल्ड कप: ५८ जीटीसी, शिलंग सेमिफाइनलमा

IMG_20230212_204256.jpg

१२ फरवरीः म्याचको दुवै हाफमा असाधारण प्रदर्शनको साथ ५८ जीटीसी, शिलंगले सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करणमा तेस्रो टीमको रूपमा सेमिफाइनलमा स्थान बनायो। आइतवार सुकना हाई स्कूल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल म्याचमा ५८ जीटीसी, शिलंगले दार्जीलिङ पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बिक्रम अधिकारीले पाँचौं र रविन्द्र थापाले १५औं मिनटमा गोल गरे। यसरी नै दार्जीलिङ पुलिसबाट अभिषेक दर्जीले ६०औं मिनटमा १ गोल गरे। ५८ जीटीसी, शिलंग टीमका बिक्रम अधिकारीलाई प्लेयर अव् द म्याच चयन गरियो।

सोमवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement