पार्टीको विरुद्धमा उभिएका स्वतन्त्रलाई बाहिरको बाटो देखाइनेछ: कन्हैयालाल अग्रवाल

Screenshot_20230212_202909_WhatsApp.jpg

उत्तर दिनाजपुर: तृणमूल जिल्ला अध्यक्ष कन्हैयालाल अग्रवालले पञ्चायत चुनावमा स्वतन्त्र उम्मेदवार खडा भए पार्टीबाट निष्कासन गरिने स्पष्ट पारेका छन्। जिल्ला अध्यक्षले मञ्चबाटै तृणमूल नेताहरुलाई यस्तो चेतावनी दिएका हुन्। इस्लामपुर ब्लकको ग्राम पञ्चायत रामगञ्ज नम्बर १ को हाईस्कूल मैदानमा आइतबार तृणमूल अन्चल सम्मेलनको कार्यक्रम आयोजना गरिएको थियो। उक्त सम्मेलनमा तृणमूल कांग्रेस जिल्ला अध्यक्ष कन्हैयालाल अग्रवाल सहभागी थिए। जिल्ला अध्यक्षले मञ्चबाट तृणमूल नेताहरूलाई पञ्चायत चुनावमा स्वतन्त्र उम्मेदवार भए पार्टीबाट निष्कासन गरिने बताए। भर्खरै नगरपालिका चुनावमा पार्टीबाट टिकट नपाउँदा तृणमूल नेताहरूले धेरै समस्याको सामना गर्नु परेको थियो। तृणमूल नेताहरुले टिकट नपाएको भन्दै जिल्ला अध्यक्षको निवासमा धर्ना समेत दिएका छन्। पञ्चायत निर्वाचनमा टिकटका लागि कुनै समस्या नहोस् भनेर जिल्ला अध्यक्षले पूर्वसूचना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement