अलिपुरद्वार: अलिपुरद्वार जिल्ला प्रहरीको पहलमा र फलकाटा पुलिस स्टेशनको जटेश्वर चौकीको व्यवस्थापनमा, फलकाटा ब्लकको एथेलबारी चिया बगान क्षेत्रमा आइतवार नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। शिविरमा १७० भन्दा बढी बासिन्दाको आँखा जाँच गरिएको थियो। यस दिन नि:शुल्क चश्मा समेत वितरण गरिएको थियो। शिविरमा जटेश्वर प्रहरी चौकीका ओसी अमित शर्मासहित प्रहरी कर्मचारी र नागरिक स्वयंसेवकको सहभागिता रहेको थियो। अलिपुरद्वार जिल्ला प्रहरीको पहलमा वर्षैभरि रक्तदान शिविर, स्वास्थ्य जाँच शिविर, आँखा जाँच शिविर आयोजना गरिन्छ।