गोर्खाल्याण्डप्रति एकवद्ध हुन अजय एड्वर्ड्स र डा. महेन्द्र पी लामा माझ चर्चा

00-Ajay-Edwards-Mahendra-P-Lama

दार्जीलिङ: अलग राज्य गोर्खाल्याण्डको मुद्दाबारेमा एकवद्ध हुने विषयमाथि हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्स र डा. महेन्द्र पी लामाबीच दिल्लीमा चर्चा भएको छ। गोर्खाल्याण्डमाथि आयोजित संगोष्ठीमा भाग लिन दिल्ली पूगेका हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र डाक्टर महेन्द्र पी लामाको भेट भएको थियो। भेटवार्तामा गोर्खाल्याण्डको विषयमाथि धेरै लामो समयसम्म चर्चा परिचर्चा भयो अनि दुवै नेतृत्वहरूले अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति समग्र गोर्खाल्याण्ड समर्पित राजनैतिक दल एंव नेतृत्वहरू एकवद्ध हुनपर्छ भन्ने विषयमा दुवैले जोड दिए। हाम्रो पार्टी आज पनि त्यही अडानमा अडिक रहेको पार्टी अध्यक्ष एडवाडर्सले स्पष्ट पारे। उनले भने, ‘अलग राज्य गोर्खाल्याण्ड हामी अलग अलग भएर होइन, तर एकवद्ध भएर प्राप्त गर्न सक्छौं। गोर्खाल्याण्डप्रति समर्पित सबै राजनैतिक दल र नेतृत्वहरू एकवद्ध भएर सरकारमाथि दबाव बनाए मात्र सरकार केही सोच्न बाध्य हुनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement