सिक्किम सुनवार मुखिया संगठनद्वारा स्वाधीनता सेनानी कृष्णबहादुर सुनवार मुखिया शालिगस्थल परिदर्शन

Screenshot_20230212_220814_Dailyhunt.jpg

मिरिक: गोपालधारामा निर्माणाधीन स्वाधीनता सेनानी  कृष्णबहादुर सुनवार मुखियाको ऐतिहासिक शालिगस्थलमा सिक्किम सुनवार मुखिया कोइन्चबुका पदाधिकारीहरूले आएर युद्धस्तरमा भइरहेको कार्यको अवलोकन गरे। संगठनका सभापति डी बी मुखिया महासचिव पुरण मुखिया, कोषाध्यक्ष डी के मुखिया अनि सदस्य कुमार मुखियाको टोलीलाई शालिग निर्माण समितिका अध्यक्ष प्रा. कवीर बस्नेत, मूल सचिव वाङडुप तामाङ, पुकार भण्डारी, पुरण मुखिया,  प्रकाश कार्की, उज्ज्वल कार्कीलगायत स्मारिकाका प्रधान सम्पादक माधव बुढाथोकीले  स्वागत जनाए। संगठनका अध्यक्ष डी बी मुखियाले सुनवार मुखिया जातिभित्रका यति महान व्यक्तित्व स्वाधीनता सेनानी कृष्णबहादुर मुखियाले देशको निम्ति दिएको योगदानको कदर गर्दै यति महान कार्य गरिरहेकोमा सिक्किमको कोइन्चबुले गर्व महसुस गरेको बताए। यस कार्यको सराहना गरे। यो महत कार्यको निम्ति थप सहयोग पुराउने वचन पनि दिएका छन्। स्मारिकाका सम्पादक माधव बुढाथोकी र अध्यक्ष कवीर बस्नेतले प्रतिनिधि टोलीलाई गोपालधारामा कृष्णबहादुर मुखियाको परिवार कहाँ थियो, कस्तो अवस्थामा थियो भन्ने जानकारीहरू गराए, कृष्ण बहादुर मुखियाका छोराहरू र बुहारी नातिनीहरूले पनि आएर शालिग निर्माण स्थल भ्रमण गरेर प्रसन्न भएको जानकारी गराए। गोपालधारा चियाबारी  एउटा सानो चियाबारी भएपनि यहाँ दुई दुईजना स्वाधीनता सेनानी रहेको जानकारी माधव बुढाथोकीले दिए।  प्रा. कवीर बस्नेतले शालिग निर्माण स्थलदेखि के बी मुखियाका भाइ एम बी मुखियाको घरको घरेडीसम्मको बाटोलाई कृष्ण बहादुर मुखिया नामाकरण भैसकेको जानकारी दिए। सचिव वाङडुप तामाङले भविष्यमा शालिग निर्माणस्थलमा कृष्णबहादुर मुखियाले प्रयोग गरेका सामानहरू र अनान्य वस्तुहरूको संग्रहालय बनाउने योजना रहेको जानकार दिए। अति प्रसन्नताका साथ कोइन्चबुका सदस्यहरूले भविष्यमा पनि हरसम्भव सहयोग दिने वचन दिँदै मूल सचिवलाई अग्रिम सहयोग राशी प्रदान गरे। वाङडुप तामाङले शालिग निमाण समितिको पक्षमा सिक्किम सुनवार मुखियाको पदाधिकारीहरूलाई धन्यवाद। -माधव बुढाथोकी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement