स्नेहा तामाङ मिस तामाङ वर्ल्ड २०२२

fff-1.png

सोरेङ: सिक्किमको सोरेङ जिल्लाकी १९ वर्षीया स्नेहा तामाङ, सिलिगुडीकाे कोर्डयार्ड होटलमा भएको सौन्दर्य प्रतियोगितामा ‘मिस तामाङ वर्ल्ड २०२२’ चुनिएकी छिन्। उल्लेखनीय छ कि उनी पहिले नै ‘मिस सिक्किम टिन २०२२’ को उपाधि होल्डर हुन्। बिनोद योन्जन को अध्यक्षतामा सम्पन्न भएको यस प्रतियोगितामा १७ जना तामाङ सुन्दरी हरुले भाग लिएका थिए।

अखिल भारतीय तामाङ बौद्ध संघ अनि सिक्किम तामाङ बौद्ध संघको संयुक्त आयोजनामा सम्पन्न भएको यस प्रतियोगितामा दर्जिलिङ् बाट ९, भुटान बाट १ अनि नेपाल बाट ७ जना सुन्दरीले भाग लिएका थिए।

उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा पद्मश्री प्रापक जीयस (सानु लामा) रहेको थिए भने जीटीए सभासद अरुण सिन्जी अनि जीसारेगामा लिट्ल च्याम्प जेट्सन डोना लामा पनि उपस्थित थिए। ‘मिस तामाङ वर्ल्ड  २०२२’  कार्यक्रमको लागि उनको ग्रूमिङ काठमाडौं, नेपालमा गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement