कालचिनी। आज अपरान्ह समय कालचिनी कोपरेटिभ सोसाइटी लिमिटेडको एउटा वाहनमा १५८ बस्ता रासनको गहुँ लादेर कोपरेटिभ गोदाममा लगिरहेको समय कालचिनीको स्थानीय बासिन्दाहरुले उक्त वाहन रोकेर हेर्दा गहुँको बस्ता देखेर सोधखोज गरेको थियो।
स्थानीय बासिन्दाहरुले रासनमा गहुँ नपाएको तर कोपरेटिभको वाहनमा गहुँ लादेर कोपरेटिभ गोदाममा लगिरहेको घटना शङ्कास्पद लागेको जनाएका छन।
घटनास्थलमा भाजपा नेताहरु राजेश बारला र उत्तम लामा एवम् स्थानीय समाजसेवी पाचु कुर्मी एवम् अन्यान्यले पुगेर गहुँ कहाँ लगिएको बारेमा सोधखोज गर्दा सम्बन्धित पक्षबाट केही प्रत्युत्तर नपाउँदा पुलिसलाई सूचना दिएको थियो।
घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर उक्त कालचिनी कोपरेटिभ सोसाइटी लिमिटेडको गहुँ लादिएको वाहनलाई थानामा लिएर गएको थियो।
यता भाजपा नेता राजेश बारलाले जनताले रासनमा गहुँ नपाएको तर गहुँ लादिएको कोपरेटिभ वाहन गोदाममा गईरहेको घटनाले यहाँ रासन डीलर र कोपरेटिभले रासनमा घोटाला गरेको आशङ्का भएको र यस सम्बन्धमा कालचिनी थाना र खाद्य अधिकारी औ बीडीओ समक्ष अभियोग दर्ता गरिने जनाएका छन।
यता स्थानीय बासिन्दाहरुले रासनमा यसै पनि घटिया मानको चामल वितरण भईरहेको जबकि एफसीआई गोदामबाट असल गुणको चामल आउने गरेको सुन्नमा आएको र अहिले रासनको गहुँ कोपरेटिभ सोसाइटीले बिक्री गरेको आरोप सुन्न पाईरहेको जनाएका छन।