आगलागीमा घरको सबै सामान जलेर खरानी, विधायकले गरे सहयोग

IMG-20230212-WA0130.jpg

जलपाईगुडी: भीषण आगलागीमा एउटा घर पूर्ण रूपमा जलेको छ। भान्साकोठामा खाना पकाउने क्रममा आगलागी भएको स्थानीयको अनुमान छ। घटना राजगञ्ज ब्लकको शिकारपुर क्षेत्रको कदमतलासँग जोडिएको इलाकाको हो। ती व्यक्ति रिक्सा चलाएर गुजारा चलाउने गरेको जानकारी प्राप्त भएको छ। उक्त क्षेत्रका पञ्चायत सदस्यले पीडित न आँखाले राम्ररी देख्न र सुन्न नसक्ने बताए। आगलागीको बारेमा पनि केही भन्न सकेकाे छैन। शनिबार राति पीडित धीरेन राईको घरमा आगलागी भएको आइतबार बिहान क्षेत्रका विधायक खगेश्वर राई सहित तृणमूल कार्यकर्ता उनको घर गए र प्लास्टिकको तिरपाल, कम्बल र आर्थिक सहयोग दिए। सरकारी सहयोगको आश्वासन पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement