सेरि एः एसी मिलान र अटलाण्टा विजयी

CollageMaker_2023212131914139.jpg

१२ फरवरीः इटालियन सेरि ए फूटबलमा लगातार तीनवटा हारपछि गत सीजनको विजेता एसी मिलानले अन्तमा गएर जीतको स्वाद चाख्यो। यसरी नै अटलाण्टाले पनि आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा एसी मिलानले तोरिनोलाई १-०-ले पराजित गऱ्यो। सान सिरोमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानलाई म्याचको एकमात्र गोल अनुभवी फ्रान्सीसी फरवर्ड ओलिवर गिरोडले ६२औं मिनटमा दिलाए। अहिले खिताब जित्ने रेसमा धेरै टाढ़ा (सेरि ए टेबलको पाँचौं स्थान) रहने एसी मिलानसँग अहिले २२ वटा म्याचा ४१ पोइण्ट रहेको छ। यसरी नै सातौं स्थानमा रहने तोरिनोसँग ३० पोइण्ट छ। यसबीच अटलाण्टाले गत म्याचको निराशालाई भुलेर लाजियो विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचमा विजेता टीमबाट डेविडे जाप्पाकोस्टाले २४औं र रासमस होलण्डले ६४औं मिनटमा गोल गरे। अटलाण्टा अहिले गोल अन्तरको आधारमा २२ वटा म्याचमा ४१ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसरी नै छैटौं स्थानमा रहने लाजियोसँग ३९ पोइण्ट रहेको छ। एम्पोली र स्पेजियाबीच खेलिएको म्याच २-२-ले अनि लीस र रोमाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement