फोटो सोत: सोसियल मिडिया
कोलकाता: ट्राम र सिटी अफ् जोय अर्थात कोलकाता विश्वभर एउटा पर्यायवाची बनेको छl कोलकातामा यहाँका स्थानीयका लागि दैनिक यातायातको सवारीसाधन हो भने पर्यटकहरूका लागि रमाइलो साथै मनोरञ्जनको मुख्य आकर्षण होl कोलकातामा ट्रामको रमाइलोपनमा नरमाउने पर्यटक विरलै पाइएलाl कसैको दैनिक सवारीसाधन कसैको मनोरञ्जनको ट्राम अब १५० वर्ष पुगेको छl १५० वर्षको अवधिमा ट्रामसित कोलकाताको सयौं इतिहास जोडिएका छन्l यही १५० वर्ष पुगेको अवसरमा ट्रामको विशेष उत्सव भव्य रुपमा मनाउने तयारी शुरु भएको छl
कोलकाता वेस्ट बेंगल ट्रान्सपोर्ट कर्पोरेसन (डब्ल्युबीटीसी) र ट्रामजात्रा मिलेर शनिबारदेखि शहरको ऐतिहासिक ट्रामको १५० वर्ष पूरा भएकोमा कार्यक्रमहरूको श्रृंखला आयोजना शुरु गरेको छ। यो कार्यक्रम मार्च पहिलो हप्तासम्म सञ्चालन हुनेछ। शनिबार, पहिलो कार्यक्रम गरियाहाट ट्राम डिपोको ट्राम वर्ल्डमा आयोजना गरिएको थियो, जुन एक प्रकारको संग्रहालय र मनोरञ्जनको ठाउँ हो। मेलबर्नका कन्डक्टरले शुरु गरेका थिए, यो ट्रामजात्रा सन् १९९४ मा मेलबर्नका कन्डक्टर रोबर्टोले शुरु गरे। कोलकाता र मेलबर्नबीचको सांस्कृतिक सम्बन्धलाई मनाउन उनले निरन्तर कार्यक्रम आयोजना गर्छन्।
यस अवसरमा बोल्दै राज्यका यातायात मन्त्री स्नेहाशिस चक्रवर्तीले भने, ‘म कोलकाता ट्रामवेजको १५० वर्षको उत्सवको एक हिस्सा भएकोमा ट्रामजात्रालाई बधाई दिन्छु। मेरो विभाग यस सम्पदाको संरक्षणमा प्रतिबद्ध छ र साथसाथै ट्रामवे यात्रुहरूको हितमा चालिएका कदमहरू पनि धेरै राम्रो छन्l’ डब्ल्युबीटीसीला एमडी राजनवीर सिंहले भने, ‘कोलकाताका मानिसहरूले ट्रामलाई माया गर्छन् र यसलाई कायम राख्न धेरै पहलहरू गरिँदैछ। यसका लागि ट्राम लाइब्रेरी, आर्ट ग्यालेरी, ट्राममा फ्री वाइफाइ र ट्राम वर्ल्ड जस्ता कदमहरू चालिएका छन्। कोलकाता ट्रामवेजको १५० वर्ष मनाएकोमा म ट्रामजात्रालाई बधाई दिन्छुl’
केही कार्यक्रम यस प्रकार हुनेछन् ट्रामको १५० वर्ष पूरा भएकोमा मार्चको शुरुवातसम्म विभिन्न कार्यक्रम आयोजना गरिनेछ। ११ र १२ फरवरीमा कोलकाता र यसका ट्रामहरूमा सांस्कृतिक कार्यक्रमहरू १८ र १९ फरवरीमा वातावरणीय प्रदूषणविरुद्ध लड्ने विषयमा निबन्ध प्रतियोगिता २४ देखि २८ फरवरीसम्म सम्पदा, स्वच्छ हावा र दिगो गतिशीलताका विषयहरूमा कार्निभलहरू आयोयोजना हुनेछन्। यस अवधिमा तीनवटा सिङ्गारिएका ट्रामहरू शहर वरिपरि चलाइनेछ, जसले तिनीहरूको इतिहास उजागर गर्नेछ। यसका साथमा ट्राम वातावरणको दृष्टिकोणमा यातायातको सबैभन्दा अनुकूल मोड हो भन्ने यसमा देखाइनेछ। यसमा मेलबर्न ट्रामी र कलाकार रोबर्टो डी’एन्ड्रिया पनि हुनेछन्, जो ट्रामजात्राका संस्थापक पनि हुन्। ट्रामजात्रा २४ फरवरीमा शुरु हुनेछ। क्लाइमेट एक्सन भन्ने नाराका साथ २४ फरवरीमा ट्रामजात्रा शरु हुनेछ। २६ मा एक ट्राम परेड आयोजित हुनेछ जसको दौरान ७ देखि ८ ऐतिहासिक ट्रामहरू (तिनीहरू बनाइएका क्रममा) ट्राम वर्ल्डबाट एस्प्लेनेड डिपोसम्म चलाइनेछ। १ मार्चमा भिक्टोरिया मेमोरियलदेखि एस्प्लेनेड डिपोसम्म रंगीन र्याली निकालिनेछ र रिकग्नाइजिङ सस्टेनेबिलिटी र मुभिङ टुवर्ड्स ग्रीन वर्ल्ड भन्ने विषयमा प्यानल छलफल हुनेछ। समापन समारोह २ मार्चमा भिक्टोरिया मेमोरियलमा हुनेछ। विषयवस्तु यो हुनेछ, ट्रामलाई सम्पदाको रूपमा संरक्षित गरिनु पर्छ वा शहरको यातायात नेटवर्कको अभिन्न अंग हुनुपर्दछ, किनकि यो सार्वजनिक यातायातको एक रूप हो र भविष्यको लागि सबैभन्दा दिगो विकल्पहरू मध्ये एक हो।