प्रीमियर लीगः टोटनह्यामको हार, आर्सनल र चेल्सीको ड्र

IMG-20230212-WA0083.jpg

१२ फरवरीः ईंग्लिश प्रीमियर लीगमा शीर्ष स्थानमा रहने आर्सनल र हेभिवेट टीम चेल्सी ड्र-मा रोकियो। यसबीच टोटनह्याम हट्स्पर चाहिँ पराजयको सम्मुखीन भयो। आर्सनललाई शनिवार राति खेलिएको म्याचमा ब्रेण्टफोर्डले १-१-को ड्र-मा रोक्यो। गत म्याचमा हारपछि यस ड्र-ले आर्सनललाई सामान्य धक्का चाहिँ अवश्यै लागेको छ। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ७० प्रतिशत पोजेशनको साथ खल्ने आर्सनलले चरम आक्रामक फूटबल खेले पनि एउटा मात्र गोल गर्न सक्यो। लिएण्ड्रो ट्रोसार्डले ६६औं मिनटमा आर्सनललाई बढ़त दिलाए पनि लगत्तै ७ मिनटपछि इवान टोनेले गोल गरी ब्रेण्टफोर्डलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र-पछि प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम आर्सनलको २१ वटा म्याचमा ५१ पोइण्ट पुग्यो। यसरी नै ब्रेण्टफोर्ड २२ वटा म्याचमा ३४ पोइण्टको साथ आठौं स्थानमा रहेको छ।
आर्सनल जस्तै चेल्सी पनि वेष्ट ह्याम विरुद्ध १-१-को ड्र-मा रोकियो। चेल्सीको यो प्रीमियर लीगमा लगातार तेस्रो ड्र रह्यो। वेष्ट ह्यामको होम ग्राउण्डमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीलाई जोआओ फेलिक्सले १६औं मिनटमा बढ़त दिलाए, जुन अधिक समयसम्म कायम रहन चाहिँ सकेन। गोल खाएको लगत्तै १२ मिनटपछि एमर्सन पालमिएरीले गोल गरी वेष्ट ह्यामलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि चेल्सी २२ वटा म्याचमा ३१ पोइण्टको साथ नवौं स्थानमा रहन पुग्यो। यसरी नै १६औं स्थानमा रहने वेष्ट ह्यामसँग २२ वटा म्याचमा २० पोइण्ट रहेको छ। प्रदर्शनमा अनियमिततासँग जुझिरहेको टोटनह्यामले अन्य एउटा म्याचमा लिस्टर सिटी विरुद्ध ४-१-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। किंग पावर स्टेडियमा ४८ प्रतिशत पोजेशनको साथ खेल्दै शुरुमै गोल खाए पनि लिस्टर सिटीले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। होम टीमबाट नामपेलिस मेण्डीले २३औं, जेम्स मेडिसनले २५औं, केलेची इहानाचोले स्टपेज टाइमको चौथो मिनट अनि हार्वे बार्न्सले ८१औं मिनटमा गोल गरे। यसरी नै टोटनह्यामबाट रोड्रिग बेण्टांकुरले १४औं मिनटमा गोल गरे।

यस हारपछि टोटनह्याम २४ वटा म्याचमा ३९ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी नै १३औं स्थानमा रहने लिस्टर सिटीसँग २२ वटा म्याचपछि २४ पोइण्ट रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा फूलह्यामले नटिंघम फरेष्टलाई २-०-ले अनि वूल्भ्सले साउथम्प्टनलाई २-१-ले पराजित गऱ्यो। क्रिस्टल प्यालेस र ब्राइटनबीच खेलिएको म्याच अनि बोर्नमाउथ र न्यूक्यासलबीच खेलिएको म्याच १-१-को समान अन्तरले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement