गान्तोक: धेरै दिनदेखि राज्यमा कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। आज राज्यमा एउटैैपनि कोरोना संक्रमित रोगी फेला न परेको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ६५ जनाको नमूना जाँच गरिएकाे थियाे, जासमा कासैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको आंकडा अनुसार कुल जाँच गरनेहरूमा, गान्तोक जिल्लाबाट ६३ जना र सोरेङ जिल्लाबाट २ जना गरी थिये। हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या १ रहेको छ।
अहिलेसम्म राज्यमा ४३,०३९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२३ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ।