पाकिस्तान विरूद्ध भारत

Smriti_Mandhana__1676087960770_1676087960930_1676087960930.webp

नयाँ दिल्ली: दक्षिण अफ्रिकामा भइरहेको आईसीसी महिला टी-२० विश्व कपमा भारतीय क्रिकेट टीमले आइतवार पाकिस्तानविरूद्ध आफ्नो अभियानको शुरूवात गर्नेछ। हरमनप्रीत कौरको नेतृत्वमा भारतीय टीमसित स्मृति मंधानाको अनुभव अनि देशलाई अण्डर-१९ विश्व कपको खिताब दलाउने शैफाली वर्मा र ऋचा घोष जस्ता युवा खेलाड़ीहरू छन् जसको आत्मविश्वासले आकाश छोइरहेको छ।

हरमनप्रीत कौरले रेणुका सिंहमाथि पनि भरोसा गर्नेछन् जसको बलसितको प्रदर्शन पाकिस्तानविरूद्ध उनको अभियानको शुरूवातमा महत्वपूर्ण हुनेछ।

अर्कोतिर, पाकिस्तान महिला राष्ट्रीय टीमकी कप्तान बिस्माह मारूफले प्रमुख टुर्नामेन्टहरूमा आफ्नो देशको प्रदर्शनमा सुधार ल्याउने तथा विश्व कपमा टीमको भाग्यलाई फेर्ने प्रयास गरिरहेकी छन्। मारूफलाई निदा डार अनि आयशा नशीमबाट ठूलो आशा हुनेछ जो टी-२० क्रिकेटका सबैभन्दा विस्फोटक क्रिकेटरद्वय हुन्।

भारतीय टीम टुर्नामेन्टको ग्रुप ए चरणमा पाकिस्तान, वेस्टइण्डीज, इंग्ल्याण्ड, आयरल्याण्डसित सामेल छ। भारत महिला अण्डर-१९ टी- २० विश्व कपको सफलतालाई टी-२० विश्व कपमा पनि दोहोऱ्याउन चाहन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement