आईएलपी कमिटीकाे एउटा सार्वजनिक सूचना

ilp_sikkim-sixteen_nine.jpg

गान्तोक: इनर लाइन परमिट (आईएलपी) कमिटीले एउटा सार्वजनिक सूचना जारी गरेर हितधारकहरूबाट आईएलपी कार्यान्वयनलाई लिएर प्रतिक्रियाको निम्ति आह्वान गरेको छ। उक्त सूचना कमिटीका अध्यक्ष शान्ता प्रधानले जारी गरेका छन्।

कमिटीले सिक्किममा आईएलपी कार्यान्वयनको निम्ति सम्भावित समस्याहरू र यसका समाधानहरूलाई लिएर विचार अनि प्रतिक्रियाहरू दिन लगाएको छ। सूचना जारी भएको १५ दिनभित्र कमिटीका सदस्य सचिव (स्वास्थ्य विभागका सचिव) लाई टाशीलिङ सचिवालयमा विचार अनि प्रतिक्रियाहरू बुझाउन लगाइएको छ। आफ्ना विचार अनि प्रतिक्रियाहरू हार्ड अनि सफ्ट कपि मा ई-मेल गरेर पठाउनु पर्नेछ। राज्यका सबै जिल्लाहरूमा जन सुनवाई पनि गरिने जानकारी सूचनामा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement