गान्तोक: गान्तोकको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालय (टीएनएसएसएस) लाई विप्रो फाउन्डेशनले बेङलुरुमा विप्रो अर्थियन अवार्ड २०२३ ले पुरस्कृत गरेको छ। विद्यालयले जुलाई-नोभेम्बर २०२२ मा ईएनवीआईएस प्रकोष्ठ, वन विभागको सहायतामा जल एवं स्थिरता परियोजना सञ्चालन गरेको थियो।
देशभरिबाट आएका १२ हजारभन्दा धेरै प्रवेशहरूमा, विद्यालयको उक्त गतिविधि, उत्कष्ट २० मा पर्न सफल बनेको थियो। पुरस्कार स्वरूप ५० हजार रूपियॉं प्रदान गरिएको छ। कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकारी राजेन प्रधान, पीजीटी- बायोलजी बिनोद पोख्रेल र पॉंचजना विद्यार्थी दोर्जी नामग्याल भोटिया, तेन्जिङ डाडुल भोटिया, काव्य अग्रवाल, दिपक शर्मा र देव आशिष सुब्बा सहभागी बनेका थिए।