गान्तोक: गत ३० फरवरीदेखि शुरू भएको सिक्किम प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आक्रमण फुटबल क्लब बनाम थन्डरबोल्ट नर्थ युनाइटेडबीच भीडन्त भयो। आजको खेलमा दुवै तर्फबाट एक एक गोल भएपछि बराबरीमा समापन भयो। आक्रमण एफसीको तर्फबाट मिलन छेत्रीले एक गोल गरेर टोलीलाई अघि बढाएका थिए भने भने यसरी नै थन्डरबोल्टबाट सोनम जाङ्पो भोटियाले एक गोल गरेपछि खेल बराबार भएको थियो। आजको खेलमा मिलन छेत्रीलाई हिरो अफ् द म्याच घोषित गरियो भने सागर गुरूङलाई उदयीमान खेलाडीकोरूपमा चयनित गरियो। भोलिको खेल सिक्किम ड्रेगन्स बनान रोरिङ लियोपार्डबीच नाम्चीको भाइचुङ स्टेडियममा हुने भएको छ भने यसरी नै अर्को खेल सिनाल्चु एफसी बनाम ब्रदर्स युनाइटेडमाझ हुनेछ।