गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा एक सभा सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा जिल्ला जल अनि स्वच्छता मिशन लगायत जिल्ला पञ्चायतका सदस्यहरूले सहभागिता जनाएका थिए। यस अवसरमा वरिष्ठ अभियन्ता कर्मा भोटियाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जलजिवन मिशनबारे विस्तृतरूपमा जानकारी गरे। उनले गरेका विभिन्न कार्ययोजनाका कामहरु प्रस्तुत गर्नुका साथै थप संवर्द्धनका कामहरु पनि एकैसाथ गर्न सकिनेबारे अवगत गराए।
यसै क्रममा जिल्लापाल तुषार निखारेले गान्तोक जिल्लाका लागि छुट्याइएको निर्माण कार्यको प्रगतिबारे जानकारी लिए। उनको भनाइ अनुसार राज्यका लागि गुरुत्वाकर्षणमा आधारित योजनाहरू सम्बन्धित प्रत्येक विभागले परियोजनाहरू बनाउँदा राम्ररी जाँच गर्नुपर्छ। सरकारी पूर्वाधार निर्माणमाको क्रममा ठेकेदारले पनि आफ्नो तर्पबाट योगदान दिनुपर्ने सुझाव दिए।