गेजिङ: डेन्जोङ शेर्पा एसोशिएशनको ब्यानरमा राज्यस्तरीय ग्यापो लोसार पापन गरिने बिषयमाथि पहिलो समन्वय सभा सम्पन्न भयो। आगामी ८ अनि ९ मार्चको दिन राज्य स्तरिय ग्यापो लोसार उत्सव २०२३ लाई मनाउने बिषयमाथि डाकिएको सभा पुर्व सिक्किमको फदमचेनमा सम्पन्न भएको थियो। राज्यस्तरीय ग्यापो लोसार आयोजक समितिका प्रमुख संरक्षक पेमावाङ्चु शेर्पाको अध्यक्षतामा बसेको सभामा पश्चिम सिक्कमको बहु पर्यटकीय स्थल तेन्जिङ हिलेरी स्मृतु पार्कमा यस बर्ष डेन्जोङ शेर्पा एसोशिएशन अनि किदुक शेर्पा संगठन मानेबुङ-देन्तामको संयुक्त आयोजनामा भव्य रुपमा लोसार मनाउने जानकारी गराएको छ। पर्वलाइ राज्य स्तरीय रुपमा मनाउने पहिलो प्रस्ताव पारित गर्दै डेन्जोंग शेर्पा एसोसिएशन सिक्किमले आज डाकेको पहिलो सभामा संस्कृति बिभागीय अध्यक्ष सोनाम शेर्पा, साङगे शेर्पा प्रमुख संरक्षक डेन्जोङ शेर्पा संगठन, मिङ्मा शेर्पा कार्याध्यक्ष लगायत संगठनका अन्य पदअधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा राज्यका मुख्यमन्त्रीको पनि विशेष उपस्थिति रहने भएकाले लोसार उत्सव समितिको तयारी गरि कार्यक्रम सफल गर्न कार्यकारी समितिले तयार गरेको छ। पर्वलाई सफल बनाउन हरेक कार्यक्रमका बिशेषताकाबारेमा स्थानीयवासीसँग छलफल गरी कार्यक्रमको थालनी गर्ने सभाले निर्णय गरेको छ।