भस्मेमा स्वास्थ्य शिविर

IMG-20230211-WA0268.jpg

गान्तोक: लुपिन लिमिटेडले लुपिनको संस्थापक डा. देशबन्धु गुप्ताको जन्म जयन्ती मनाउँदै विभिन्न तीन ठाउँमा सेवा दिवस पालन गऱ्यो। यसअन्तर्गत स्वास्थ्य जाँच शिविर र रक्तदान शिविर आयोजित गरियो। लायन्स क्लब अफ रम्फूको सहयोगमा रक्तदान शिविरको आयोजित गरेको हो। लुपिन फार्माको चार माइल युनिटमा आयोजना गरिएको शिविरबाट ६४ युनिट रक्त संकलन गरिएको थियो। संकलित रक्त सेन्ट्रल रेफरल अस्पताल ब्लड ब्यांक तादोङमा जमा गरियो। यस अवसरमा एक दिवसीय स्वास्थ्य जाँच तथा आँखा जाँच शिविर आयोजना गरिएको थियो। डा. अभिजित शर्माले ३३ जना बिरामीको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि समेत उपलब्ध गराए। कार्यक्रममा सहयोग गर्न डा. मो. इमामोल र उनको टोली उपस्थित रहेको थियो। रिनाक चाइल्ड केयरमा पनि स्वास्थ्य जाँच शिविर आयोजित गरियो जहाँ २५ जना बालबालिकाले यो सुविधा प्राप्त गरेका थिए।

About Author

Advertisement