स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको शालिग निर्माण कार्य अन्तिम चरणमा

00-1-IMG-20230211-WA0198

सिलगढी:  स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको शालिग निर्माण गर्ने काम गोपालधारामा अन्तिम चरणमा पुगेको छ। उल्लेखनीय छ, कृष्ण बहादुर मुखिया आजाद हिन्द फौजका एकजना लडाकु योद्धा थिए। सुवास चन्द्र बोसको निजी सुरक्षामा खटिएका उनले गाडी चलाउँथे। अंग्रेज सेनासित युद्ध लड्दा उनी दुश्मनको गोली लागेर घाइते भएका थिए। स्वाधीनताको धेरैपछि उनलाई भारत सरकारले स्वाधीनता आन्दोलनमा योगदान दिए बापत ताम्रपत्रले विभुषित गरेको थियो। कृष्ण बहादुर सुनवार मुखिया गोपालधारा चियाबारीका बासिन्दा थिए। उनको योगदानको कदर गर्दै गोपालधारा सिरान कोठी गाउँ, वार्ड नम्बर १४ मा प्रस्तावित शालिग निर्माणस्थलदेखि कृष्ण बहादुर मुखियाको भाइ एम बी मुखिया, थर्ड सरको घरसम्म पुग्ने बाटोलाई अघिबाटै स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको नाममा नामकरण गरिसकेको छ। शालिग निर्माणको साथसाथै एउटा ऐतिहासिक स्मारिकाको प्रकाशन पनि भइरहेको छ, जसको विमोचन पनि शालिग अनावरणकै दिन हुने कुरो स्मारिकाका सम्पादक माधव बुढाथोकी अनि शालिग निर्माण समितिका अध्यक्ष प्राध्यापक कवीर बस्नेतले जानकारी गराएका छन्। शालिग अनावरणको तारिख केही दिनभित्रै घोषणा गरिनेछ।

About Author

Advertisement