जन्तरमन्तरमा क्रामाकपाद्वारा गोर्खाल्याण्डको माग गर्दै धारणा कार्यक्रम सम्पन्न  

00-1-CPRM

नयाँ दिल्ली: दिल्लीको जन्तरमन्तरमा क्रामाकपाले पहाडबाट करिब सयजना कार्यकर्ताहरू लिएर गोर्खाल्याण्ड राज्यको माग गर्दै शनिबार धारणा प्रदर्शन गर्योl केन्द्रमा  रहेको भाजपाको सरकारले आफ्नो कार्यकाल भित्रै आफूले गरेको चुनावको संकल्प पूरा गर्नुपर्छ भन्ने माग लिएर धारणा गरेको क्रामाकपाका वर्किङ प्रेसिडेन्ट बीएम राईको अध्यक्षतामा कार्यक्रम  शुरु भएको थियो।

धारणा प्रदर्शनमा ‘अलग राज्य गोर्खाल्यान्ड, अरु सबै टालटुले, मूल समाधान गोर्खाल्याण्ड’, ‘केन्द्र सरकार गोर्खालाई न्याय देऊ, ‘कितना देंगे और बलिदान, देश हमे दो भारतीय पहिचान’, नाराहरु लगाएपछि राष्ट्रिय गीत गाएर कार्यक्रम शुरु गरेको थियो। कार्यक्रममा उत्तमकुमार छेत्री (अध्यक्ष दिल्ली शाखा  क्रामाकपा), शेखर छेत्री ( केन्द्रीय सदस्य अनि दिल्ली धारणा कार्यक्रमका संयोजक), बानिरा गोतामेले कविता पाठ, शर्मिला मास्के अनि दलको जनवादी गीत पछि खविधायक बी पी बजगाईको वक्तव्य पछि संजिला घिसिङ (अध्यक्ष गक्रानामो) ले पनि वक्तव्य प्रस्तुत गरिन्।

यसरी नै वक्तव्यको क्रममा श्याम गौतम (प्रवक्ता हाम्रो पार्टी) बिन्दिया गोतामे (गक्रानामो), गणेश राई (दातडुचिक मजदुर युनियन), सन्त कुमार राई (दातडुचिक स्टाफ एसोसिएसन), एन्ड्रयु गुरुङ, अनिता थापा (इन्डोर  मध्य प्रदेश), कमरेड आर्यन राई (गक्राबिमो), अरुण घतानी (प्रवक्ता क्रामाकपा), नर्बु लामा (महासचिव क्रामाकपा) आदिले वक्तव्य राखे।  कार्यक्रममा अकबर राईले कविता पाठ गरे भने गक्रानामोका नारीहरुले जनवादी गीत गाएl कार्यक्रममा उपस्थित सबैले युनिभर्सल गीत (हामी जित्नेछौं एक दिन) गाए अन्तमा सबैले पार्टी झण्डा ब्यानर अनि विभिन्न स्लोगानहरु लेखिएको प्लेकार्डहरु बोकेर संसद मार्गमा जुलुस आयोजना गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement