देश स्वाधीन भएको बर्षौ वितिसक्दा पनि गोर्खाले न्याय पाएको छैन: श्याम गौतम

6e7fffff-abda-420e-b0b4-813e620662a2


दार्जीलिङ: देश स्वाधीन भएको यतिका बर्षहरू वितिसक्दा पनि गोर्खाहरूले न्याय नपाउनु दुर्भाग्य रहेको हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले बताए। छुटट राज्य गोर्खाल्याण्डको मुद्वामाथि केन्द्र सरकारको आकर्षण गर्न आज क्रामाकपाले दिल्लीको जन्तर मन्तर मैदानमा धरना कार्यक्रमको आयोजना गरेको थियो।आयोजित धरना प्रदर्शन कार्यक्रममा हाम्रो पार्टीको नेतृत्वहरूलाई पनि निम्ताएका थिए।आयोजित धरना प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले दार्जीलिङको चौरास्ता,कालेबुङको डम्बर चोक,खरसाङको मोटर स्टयाण्ड राजनीति गरेर रोटी सेक्ने राजनैतिक दल, त्यहाँदेखि अलिक माथि उठेर कोलकतामा आएर चिच्याउँने राजनैतिक दलहरू देख्यौ तर आज आएर आभास भयो गोर्खाहरूलाई न्याय दिने ठाउँ दिल्ली रहेछ।गोर्खाल्याण्डको सपना लिएर बाँचेका हामी युवाहरू कम्बर कसेर बसेका छौ गौतमले भने।तिनले अझ भने हाम्रो पार्टीको गठन छुटटै राज्य गोर्खाल्याण्ड प्राप्ति हो।दिल्लीको लाल किल्लामा फर्फराउन तीन रंगी झण्डा हो अनि गोर्खा भूमिमा फर्फराउने तीन रंगी झण्डा नै हो।दिल्लीको सांसद भवनले पारित गरेको संविधानले देश चल्छ तर देशको यौ संविधानलाई मान्ने गोर्खाहरूले आजसम्म न्याय पाएको छैन।देशले स्वाधीनता पाएको यतिका बर्षहरू वितिसक्दा पनि गोर्खाहरूले न्याय पाएको छैन,यसले स्पष्ट हुन्छ गोर्खाहरूलाई हेर्ने सरकारको नजर भिन्नै छ।हामी भारतीय गोर्खाहरूले आफ्नो जातिया सुरक्षा,खान पान,भेष भूष, भाषा,सांस्कृतिको सुरक्षाको निम्ति न्याय मांग्दै आइरहेका हौ,कुनै सापटी मांगेका होइनौ प्रबक्ता श्याम गौतमले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement