१६औं सुकना गोल्ड कप: युनाइटेड ब्रदर्स सेमिफाइनलमा

CollageMaker_202321119153737.jpg

११ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा कालेबुङको युनाइटेड ब्रदर्सले सेमिफाइनलमा स्थान बनायो। शनिवार सुकना हाई स्कूल मैदानमा भएको दोस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड ब्रदर्सले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट युवा फरवर्ड लाक्पा तामाङ र छो छिरिंग लेप्चाले गोल गरे। युनाइटेड ब्रदर्सका छो छिरिंग लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो।
आइतवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड दार्जीलिङ पुलिस र ५८ जीटीसी, शिलंगबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement