पहिलो टेस्ट म्याचः भारत ईनिंग्स र १३२ रनले विजयी

IMG-20230211-WA0166.jpg

११ फरवरीः भारतले नागपुरमा खेलिएको पहिलो क्रिकेट टेस्ट म्याचमा अष्ट्रेलियालाई ईनिंग्स र १३२ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले चारवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। म्याचको फसेला तेस्रो दिन नै भयो अनि फेरि एकपल्ट भारतीय स्पिनरहरूले अष्ट्रेलियाई ब्याटरहरूलाई सखाप पारे। आज भारतको पहिलो ईनिंग्स ४०० रनमा समाप्त भयो। दोस्रो दिन अविजित रहने दुईजना ब्याटरहरूमा अक्षर पटेल ८४ (१७४ बल, १० वटा चौका र एउटा छक्का) र रविन्द्र जडेजा ७० रन (१८५ बल, नौवटा चौका) बनाएर आउट भए। भारतको पहिलो ईनिंग्समा अष्ट्रेलियाई बलरहरूमा आफ्नो पहिलो टेस्ट खेलिरहेका स्पिनर टड मर्फीले सर्वाधिक ७ विकेट लिए। प्याट कमिन्सले २ विकेट हासिल गरे। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा २२३ रनको बढ़त हासिल भयो। त्यसपछि अष्ट्रेलियाई टीम आफ्नो दोस्रो ईनिंग्समा शुरुदेखि नै चेपारोमा पऱ्यो अनि केवल ९१ रन बटुलेर अलआउट भयो। रविचन्द्रन अश्विनले सर्वाधिक ५ विकेट लिए। यसबाहेक मोहम्मद शमी र रविन्द्र जडेजाले २-२ विकेट लिए। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा स्टीव स्मिथले अविजित २५ रन बनाए। यसबाहेक मार्नस लाबुशेनले १७ रनको योगदान दिए। म्याचमा ७ विकेट हासिल गर्ने जडेजालाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement