राजगञ्ज: आमबारी आउटपोस्ट पुलिसले ३०० ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गऱ्यो। पक्रा परेकाहरूमा सालुगढा निवासी शिवा चक्रवर्ती र प्रताप थापा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत साँझ फुलबारी आमबारी क्यानल रोड इलाकामा अभियान चलाएर एउटा स्कुटी रोकेर छानबीन गर्दा ३०० ग्राम ब्राउन सुगर उद्धार गरेको हो। घटनामा २ जना युवकलाई पनि पक्राउ गरेको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग १० लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।