भीर गाउँमा बाटोको खनन कार्य शुरू, गाउँलेहरूले फेरे शान्तीको श्वास!

Screenshot_20230211_142211_WhatsApp.jpg

दार्जीलिङ: भीर गाउँमा बाटोको खनन कार्य शुरू हुनले गाउँबासीहरूले शान्तीको श्वास फेरेका छन्। सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने विजनबारी खण्ड विकाशको ग्राम पञ्चायत मझुवा क्षेत्रमा पर्ने भीर गाउँमा यस आधुनिक युगामा आई पुग्दा पनि यस क्षेत्रमा गाडी पुग्नसकेको थिएन। भीर गाउँका बासिन्दाहरूले गाउँका विमारीहरूलाई उपचारको लागि आङ अथवा बेन्चीमा बोकेर अस्पताल पुराउँने गर्थे। दार्जीलिङ पहाडमा धेरै राजनैतिक पार्टीको गठन भइसकेको छ। राजनैतिक दलको नेतृत्वहरूले यस भेकका बासिन्दाहरूलाई गाउँमा बाटो पुराई दिने आश्वसन दिँदै भोट हत्याउँने कार्यहरू मात्र गऱ्यो तर बाटो भने अहिलेसम्म पुग्नसकेको थिएनन स्थानीय बासिन्दाहरूले बताए ।गत केही महिना अघि हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले यस क्षेत्रको भ्रमण गर्दा स्थानीय बासिन्दाहरूले आफुहरूले भोग्न परेको गुनासोहरू सुनाउदा उनले बाटो बनाई दिने वचन दिएको थियो। जसको फलस्वरूप हिजदेखि बाटोको खनन कार्य शुरू भएको स्थानीय बासिन्दाहरूले बताए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको जनहित कार्यको प्रशंसा गर्दै स्थानीय मानिसहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाएका छन्। त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया लगायत पार्टीको क्षेत्रिया कार्यकर्ताहरू प्रति पनि आभार जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement