नर्सिङ होस्टलको शौचालयबाट झुण्डिएको अवस्थामा छात्राको शव उद्धार

43dd5790-db97-47aa-9fb1-b0591ff99786

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालको नर्सिङ होस्टेलको शौचालयमा प्रथम वर्षकी छात्राको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मृतकको नाम मिताली बर्मन (२०) रहेको प्रहरीले जनाएको छ। उनको घर दक्षिण दिनाजपुर जिल्लामा छ। विद्यार्थीकी आमाको हालै निधन भएको बताइएको छ। त्यसयता विद्यार्थी डिप्रेसनमा थिए। शनिबार बिहान उनको सहपाठीले छात्रावासको शौचालयमा झुण्डिएको अवस्थामा शव फेला पारेका थिए। त्यसपछि उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल चौकीमा जानकारी दिइएको थियो। प्रहरीले आएर शव बरामद गरी उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालको शवगृहमा पठाएको छ। विद्यार्थीको परिवारलाई पनि सम्पर्क गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement