कोविड़ भारत: कोरोनाक १३२ नयाँ मामिला, कासैको मृत्यु भएन

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८३,९९४ पुगेकाे छ। विगत २४ घण्टामा कासैको मृत्यु भएन। हालसम्म देशमा मृत्यु हुनेको संख्या ५,३०,७५० पुगेको छ। यसरी नै यस अवधिमा १०९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,४२४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८२० रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.१० प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०९ प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२९,५८२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,६९,५४,३३४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २८,२५० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६२,८९,०३४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement