ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते, आक्रोशित भीडले ट्रकमा आगजनी

CollageMaker_202321111837748.jpg

सिलगढी: सिलगढी एनजेपी थाना क्षेत्रको गतपारा क्षेत्रमा शनिबार बिहान ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित भीडले ट्रकमा आगजनी गरेको थियो। प्रहरीले आक्रमणकारीलाई रोक्न खोज्दा पुलिसले ढुंगामुढा गरेको बताइएको छ। घटनालाई लिएर क्षेत्रमा चर्को तनाव देखिएको छ। जानकारी अनुसार शनिबार बिहान तीनजना युवक मोटरसाइकलमा सो सडकबाट गुज्रिरहेका थिए। त्यही क्रममा विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग उनको ठक्कर भएको थियो। दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। पुलिस र स्थानीयले थप दुई गम्भीर घाइते युवकलाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाएका थिए। घटनापछि उक्त क्षेत्रमा विस्तारै तनाव फैलिएको थियो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement