गान्तोक: आईसीएआर र कृषि विज्ञान केन्द्र वैज्ञानिक सल्लाहकार समितिको बैठक गऱ्यो। बैठक भर्चुअल रूपमा डा. एसके. दासद्वारा शुरु भएको थियो। जसमा मेघालय, गुवाहाटी, सिक्किमका अधिकारीहरु भर्चुअल रूपमा बैठकमा उपस्थित थिए। विभिन्न विभागहरूबाट २५ भन्दा बढी संख्यामा दस्यहरूसहभागी थिए। कार्यक्रमको प्रारम्भमा विभिन्न विभागका सबै सदस्यहरूलाई स्वागत गर्दै अनुसन्धान संस्थाबीचको नयाँ प्रविधि/विधाको विकास र कृषक क्षेत्रमा यसको कार्यान्वयनमा जोड दिएको थियो। विभिन्न उचाइमा आवश्यकता अनुरूप किसानको मूल्याङ्कनका लागि सफल प्रविधिहरू फैलाउन वैज्ञानिकलाई आग्रह गरेका थिए। राज्यमा किसानहरूको आवश्यकता पूरा गर्न जैविक परिस्थितिहरूमा प्रमाणित उपयुक्त प्रविधिहरू अप्नाउनुपर्ने उल्लेख गरेका थिए। कृषि विज्ञान केन्द्र प्रमुख डा. जेके सिंहले २०२२ मा भएको अन्तिम बैठकको कार्य रिपोर्ट र २०२२-२३ को प्रगति रिपोर्टसंगै योजनाहरू प्रस्तुत गरे। महाप्रबन्धक नाबार्डले किसानको क्षेत्रमा विभिन्न कृषि गतिविधिहरू कार्यान्वयन गर्न, एक्सपोजर भ्रमणहरू, किसानहरूको प्रशिक्षण आदिको लागि आफ्नो कोषको ढाँचाको बारेमा व्याख्या गरे। उनले नाबार्ड अनुसन्धान संस्थाहरूको लागि कार्य उन्मुख अनुसन्धान परियोजनाहरू पनि वित्त पोषण गर्न तयार रहेको बताए। सिक्किमको किसान समुदायको उत्थानको लागि मूल्य अभिवृद्धि र अर्गेनिक मूल्य अभिवृद्धि उत्पादनहरूको मार्केटिङमा सहयोग प्रस्ताव गरेको छ।









