गान्तोक: यस वर्षको तुलसी `कश्यप´ स्मृति पुरस्कार असमका ज्ञान बहादुर छेत्रीको समालोचना पुस्तक “उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू” लाई पुरस्कृत गरिने भएको छ। भोलि ११ फरवरी २०२३-को दिन नेपाली साहित्य परिषद्को तत्त्वावधानमा जीवन थिङ मार्गमा अवस्थित परिषद् भवनमा आयोजन हुने समारोहमा उनलाई तुलसी कश्यप स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत गरिनेछ।