गान्तोक: क्षयरोगबारे जागरूकता फैल्याउने उद्देश्यले आज नाम्चीमा म्याराथन दौड प्रतियोगिता आयोजना गरियो। यस कार्यक्रमको थिम टीबी हारेगा देश जितेका रहेको थियो। भञ्ज्याङदेखि नाम्ची बजारको सेन्ट्रल पार्कसम्म म्याराथन दौड दुरी तय गरिएको थियो भने यस कार्यक्रमको आयोजना अमरदीप क्लब रुब्दी करेक र नाम्ची जिल्ला ट्युबरकलोसिस सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको हो।यस प्रतियोगितामा पुरूषवर्गमा राज विश्व सापकोटा प्रथम भए भने धनकुमार मंर र नयन छिरिङ लेप्चा दोस्रो र तेस्रो बने। सोही प्रकारले महिलावर्गमा निमा ल्हामु भोटिया प्रथम भएकी छन् डिकी लेप्चा दोस्रो र सोनम दिछेन भोटिया तेस्रो बनिन्।









