गान्तोक: दक्षिण जिल्लाका जिल्लापाल एम. भराणी कुमार, डीसीएसओ तेञ्जिङ भोटियाले आज मल्ली बजारमा सञ्चालित खाद्य भण्डारको निरीक्षण गरे। उनीहरूले भ्रमणको क्रममा एफसीआईबाट प्राप्त खाद्यान्नको भण्डार जाँच गरे। यद्यपि, खाद्य भण्डारबाट व्यक्तिगत एफपीएसहरूमा पठाइएको खाद्यान्नको अभिलेख अनियमित रूपमा राखिएको पाइयो, त्यसैले सबै खाद्यान्न भण्डारका लागि मानक ढाँचा र प्रक्रिया बनाउन डीसीएसओलाई निर्देशन दिएका छन्। जाँचको क्रममा कम्प्लेक्स वरपर सरसफाई गर्न गो-खाद्य भण्डार प्रभारीलाई जिल्लापालले निर्देश दिएका छन्।जिल्लापालले सबै कागजातहरू व्यवस्थित रूपमा राख्ने सुझाउ दिए।
खाद्य भण्डारको भ्रमण पछि, जिल्लापालले मल्ली बजारका केही दोकानहरूको पनि जाँच गर्दै अन्तक्रिया गरे। अन्तक्रियाको क्रममा चामल उठाउनु अघि लाभार्थीहरूले अनिवार्य रूपमा गर्नुपर्ने ईपीओएस कारोबारको जानकारी गराए। उनले इलेक्ट्रोनिक तौल मशिन, रिफिल गरिएको आगो निभाउने उपकरण, आदिबारे पनि जानकारी लिए। एफपीएसको निरीक्षणका क्रममा अधिकांश मालिकले गत वर्षको निःशुल्क रासन वितरणको लागि लामो समयदेखि ढुवानी बिल र मार्जिनको समस्या उठाएपछि जिल्लाका प्रमुखले सम्बन्धित अधिकारीसँग कुरा गर्ने आश्वासन दिए।