सिलगढी: शुक्रबार (१०फरवरी) दिल्लीको हिन्दी भवनमा एनजीसी अनि जीएसडीएनसीको आयोजनामा ‘गोर्खाल्याण्डको माग पूरा गर्न किन ढिलाइ रहेछ?’ विषयमा राष्ट्रिय संगोष्ठी सम्पन्न भयो। उक्त संगोष्ठी मोहन अधिकारीको बाहुलीबाट दीप प्रज्जवलन शुरु गरियो। संगोष्ठीमा मुख्य रुपमा शक्ति गुरुङ, प्रभाकर देवान, त्रिलोक देवान (पूर्व विधायक), एम के गहतराज, के टी भोटिया, मोहन अधिकारी अनि अजय एडवर्ड उपस्थित थिए। सबैले सम्मेलनले दिएको विषयमाथि आआफनो विचार राख्दै वक्तव्य प्रस्तुत गरे। संगोष्ठीमा आएका विभिन्न राजनैतिक अनि संघ-संस्थाका प्रतिनिधिहरु गोपाल तामाङ (अल गोर्खा स्टुडेन्ट) असम, तामलाल लोहार, अरुणाचल गोर्खा वेलफेयर सोसाइटी, रमेश सिंह (सभापति- हाम्रो स्वाभिमान) अनिता गुरुङ (इन्दौर, मध्य प्रदेश), भक्त जैरु (गोरामुमो), अरुण घतानी (क्रामाकपा) उपस्थित थिएl