कोलकाताको बडा बजारमा फेरि भेटियो ३५ लाख नगद

indian-currency

कोलकताः कोलकतामा लगातार तेस्रो दिन पनि नगद भेटिएको छ। बडा बजारमा ३५ लाख रूपियाँ नगद भेटियो। कोलकाता पुलिसको खुफिया टीमले ७/१ बाबूलाल लेनस्थित एउटा लुगा गोदाममा छापा मारेको थियो, जहाँ आय-व्ययको कुनै हिसाब पाइएन। यसका साथै ब्यागमा भरेर राखिएको ३५ लाख रूपियाँ बरामद गरिएको छ। यस सम्बन्धमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ। तर, उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

पुलिस स्रोतहरू अनुसार यस ठेगानामा श्रीनिवास टेक्सटाइल कम्पनीको कार्यालय रहेको छ। यसका मालिक अजय सुल्तानिया र नीलू देवी सुल्तानिया हुन्‌। यस अतिरिक्त, यस ठेगानामा अन्य फर्जी कम्पनीहरू पनि पंजीकृत छन्‌। एक दिनअघि गरियाघाट रोडबाट दुईजनालाई एक करोड रूपियाँसहित पक्राउ गरिएको थियो। यसको मालिक निशितको पनि एउटा कम्पनी यसै ठेगानामा छ, जसलाई लिएर छापा मारिएको थियो। यस घटनाको सम्बन्धमा पुलिसले छानबिन गरिरहेको छ।

About Author

Advertisement