मुख्यमन्त्रीले आफ्नो गल्ती स्वीकार गरेर सिक्किमे जनतासॅंग माफी माग्नुपर्छः भाइचुङ भोटिया

Untitled-1-copy-22

गान्तोकः सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको दाग मामिलामा सिक्किम अनि भारत सरकारले सर्वोच्च न्यायालयमा आफ्नो गल्ती स्वीकार गरिसकेको हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले बताएका छन्‌। उनले सुप्रीम कोर्टमा पुनरावलोकन याचिकाको सुनवाईको क्रममा भारत सरकारका सलिसिटर जेनरलले भारत र सिक्किम सरकारको पक्षमा बोल्दै आफुहरूबाट गल्ती भएको कुरा स्वीकार गर्दै माफी मागेको बताए।

सलिसिटर जेनरलले गल्ती स्वीकार गर्नु भनेको भारत र सिक्किम सरकारले गल्ती स्वीकार गर्नु रहेको उनले बताए। सरकारले सुप्रीम कोर्ट समक्ष आफ्नो गल्ती स्वीकार गरेर माफी मागिसकेको छ भने अब मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि जनतासमक्ष आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नुपर्छ भनी उनले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए। उनले भने, सरकारले भूल गरेको थियो र नै सुप्रीम कोर्टमा माफी मागे। अधिवक्ताहरूले न्यायालयमा माफी मागे अब मुख्यमन्तीले सिक्किमे जनतासँग माफी माग्नुपर्छ। उनले हिजो विधानसभा सत्रमा मुख्यमन्तीले सिक्किमे जनतसँग माफी माग्नु पर्ने थियो भनी बताए। उनले हिजो सम्पन्न विधानसभाको पनि कुनै अर्थ नरहेको बताउँदै वर्तमान सरकारले आफु पपेट सरकार रहेको प्रमाणित गरेको बताए। उनले एसकेएम सरकारमाथि ओल्ड सेटलर्समा पर्ने केही व्यक्तिहरूको हितमा काम गरेको आरोप लगाए। उनले ती व्यक्तिहरू मुख्यमन्तीसँग मिलेर नराम्रो काममा संलग्न रहेको पनि आरोप लगाए।

सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले सिक्किमे नेपालीहरूमा लगाइएको विदेशीको ट्याग अझै पनि यथावत रहेको दाबी गरे। उनले पुनरावलोकन याचिकामा सिक्किममा बसोबासो गर्ने नेपाली सरह विदेशी मूलका व्यक्तिहरू भन्ने वाक्य मात्र हटाइएको, तर यस्तै कुराहरू याचिकाका अन्य पानाहरूमा पनि लगाइएको र त्यसलाई हटाउने काम भने नभएको बताए। उनले यस मुद्दालाई लिएर सिक्किममा चर्किएको आन्दोलनलाई शान्त बनाउन केवल देखावटी काम भएको आरोप गलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement