कोलकताः कोलकता हवाई अड्डामा टी शर्टको कलरमा सुन लुकाएर ल्याइएको एक व्यक्तिलाई सीमा शुल्क विभागका अधिकारीहरूले पक्राउ गरेको छ। कस्टम विभाग सूत्रहरूले शुक्रवार बिहान भने, पक्रा पर्ने व्यक्तिको बारेमा अगावै सूचना प्राप्त भएको थियो।
उसको टी शर्टको कलरबाट ३४६.२२ ग्राम सूनको पेस्ट भेटिएको छ। सूनलाई कलरभित्र लुकाएर बाहिरबाट सिलाई
गरिएको थियो। यसको मूल्य अन्तरराष्ट्रिय बजारमा लगभग दुई लाख रूपियाँ छ। फक्रा पर्ने व्यक्तिको नाम सलीम मोहम्मद हो। उनी बेङककबाट कोलकाता एयरपोर्ट उत्रिएका थिए। पुलिसले उसलाई पक्राउ गरेर सोधपुछ शुरू गरेको छ।