जागरूकता कार्यक्रम आयोजन

photo-3

पाकिमः एमएसएमई-डीएफओ, भारत सरकारले सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागको सहकार्यमा आज पाकिममा एमएसएमई नवाचार योजनामाथि एकदिवसीय जागरूकता कार्यक्रम आयोजन गऱ्यो। यस कार्यक्रममा पाकिम जिल्लाका एसएचजी, सरकारी अधिकारीहरूसहित ९० स्थानीय उद्यमीहरूले भाग लिए।

एमएसएमई-डीएफओका संयुक्त निदेशक एके तमारियाले आफ्नो उद्घाटन सम्बोधनमा कार्यक्रमको उद्देश्य बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को विषयमा स्थानीय उद्यमीहरूलाई जागरूक गर्नु रहेको बताए। कार्यक्रमका मुख्य अतिथि जिल्लापाल टाशी छोपेलले पाकिम जिल्लामा यस प्रकारको पहिलो जागरूकता कार्यक्रम आयोजन गरिएको बताए। यस कार्यक्रमको उद्देश्य उद्यमिता विकास गर्नु रहेको उनले अवगत गराए। उनले जिल्लामा बेरोजगारीलाई समाप्त गर्न एमएसएमई योजना अन्तर्गत मिलेर काम गर्ने आश्वासन दिए। उनले प्रतिभागीहरूलाई यस कार्यक्रमबाट लाभ उठाउन आह्वान पनि गरे। कार्यक्रममा ट्रेडमार्क, कपीराइट, पेटेन्ट, डिजाइन, जीआई आदि जस्ता आईपीआरका विभिन्न घटकहरूको महत्वबारे जानकारी गराइयो। यसैगरी, विभिन्न केन्द्रिय र राज्य सरकारका योजनाहरूको बारेमा पनि बताइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement